ग्यास बुलेटको ठक्कर बाट : बाबु–छोरीको घटनास्थलमै मृत्यु।

Logo
प्रकाशित मंगलबार, जेठ ०५, २०८३

विराटनगरमा मंगलबार भएको दर्दनाक सडक दुर्घटनामा बाबु–छोरीको ज्यान गएको छ । विराटनगर–१४ सरस्वती चोक निवासी गिरीजानन्द ठाकुर र उनकी १४ वर्षीया छोरी गरिमा ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बालिका गरिमा ठाकुर विराटनगर–१४ स्थित बाल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । विद्यालयबाट छुट्टीपछि बाबु गिरीजानन्द ठाकुरले साइकलमा राखेर घर फर्काउँदै गर्दा जतुवा क्षेत्रमा ग्यास बुलेटले ठक्कर दिएको थियो । दुर्घटनामा बाबु–छोरी दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीयवासीले सडक निर्माण ठेकेदारको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन् ।
तीन महिनादेखि सडक खनेर चारैतर्फ घेराबेरा गरी बेवारिसे अवस्थामा छाडिएकाले दुर्घटना निम्तिएको उनीहरूको भनाइ छ ।

दुर्घटनामा संलग्न ग्यास बुलेट चालक रामलाल सहनी र सवारीसाधनलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ । घटनापछि आक्रोशित स्थानीयले आइसीपी मोड क्षेत्रमा सडक निर्माण कम्पनीका ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]