नेपालका लागि iCAUR ब्रान्डको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले लोकप्रिय इलेक्ट्रिक एसयूभी iCAUR V23 मा सीमित-स्टक विशेष अफर घोषणा गरेको छ। कम्पनीले ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै सीमित संख्यामा उपलब्ध स्टकका लागि पुरानै मूल्य रु. ५० लाख ९९ हजारमा गाडी उपलब्ध गराउने जनाएको हो।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटपछि कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण iCAUR V23 को आधिकारिक बिक्री मूल्य रु. ५३ लाख ९९ हजार कायम गरिएको कम्पनीले जनाएको छ। तर ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति सम्मान व्यक्त गर्दै सीमित स्टकका लागि पुरानै मूल्य कायम राखिएको कम्पनीको भनाइ छ।
यस अफरअन्तर्गत ग्राहकहरूले प्रत्यक्ष रूपमा रु. ३ लाखसम्म बचत गर्न सक्नेछन्। कम्पनीका अनुसार सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरी संशोधित मूल्य रु. ५३ लाख ९९ हजारकै आधारमा हुनेछन्।
iCAUR V23 नेपाली बजारमा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित भइसकेको छ। रेट्रो शैलीबाट प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ किलोवाट–आवर क्षमताको ब्याट्री, ४०१ किलोमिटरसम्मको (CLTC) ड्राइभिङ रेन्ज तथा २१० मिलिमिटर ग्राउण्ड क्लियरेन्सजस्ता विशेषताले यसलाई बजारमा फरक पहिचान दिलाएको छ।
आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन र आधुनिक सुविधाका कारण iCAUR V23 नेपाली EV प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।
यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूले देशभर रहेका iCAUR शोरुम वा आधिकारिक डिलरशिपमा सम्पर्क गर्न सक्नेछन्। कम्पनीले यो अफर हाल उपलब्ध स्टकमा मात्र लागू हुने र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुने जनाएको छ।
विराटनगरस्थित शोरुम इन्चार्ज अमित अग्रवालका अनुसार शारदा समूहको गौरवशाली विरासतसँग आबद्ध SPG Automobiles ले नेपालमा OMODA, JAECOO र iCAUR ब्रान्डका सवारीसाधन वितरण गर्दै आएको छ। कम्पनीले नेपाली बजारमा नवीन, दिगो तथा विश्वस्तरीय गतिशीलता समाधान उपलब्ध गराउँदै उत्कृष्ट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गरिरहेको उनले बताए।
