तीन नम्बर ढाटमा आवागमन रोकिएपछि स्थानीय र व्यवसायी आन्दोलित

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०८३

विराटनगर–जोगबनी सीमा नाकाको तीन नम्बर ढाटतर्फ जाने सडकमा प्रशासनले सिक्री लगाएर आवागमन बन्द गरेपछि त्यसको विरोधमा स्थानीयवासी र व्यवसायी आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका क्रममा प्रदर्शनकारीले मुख्य प्रवेशद्वारका रूपमा प्रयोग हुँदै आएको एक नम्बर ढाटसमेत बन्द गरेपछि नेपाल–भारत सीमा नाकाको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ।

स्थानीय व्यवसायीका अनुसार तीन नम्बर ढाट हुँदै सञ्चालन हुँदै आएको आवागमन रोकिएपछि त्यस क्षेत्रका होटल, खुद्रा पसल, ढुवानी तथा अन्य साना व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। व्यापार चौपट्ट भएको र जीविकोपार्जन नै संकटमा परेको भन्दै उनीहरूले प्रशासनको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
विरोध प्रदर्शनका क्रममा स्थानीयले एक नम्बर ढाटमा आवागमन अवरुद्ध गर्दै नाराबाजी गरेका थिए। उनीहरूले तीन नम्बर ढाट तत्काल सञ्चालनमा ल्याउन तथा स्थानीयको रोजीरोटीमा प्रतिकूल असर पर्ने निर्णय नगर्न प्रशासनसँग माग गरेका छन्।
सीमा नाका अवरुद्ध भएपछि नेपाल–भारतबीच दैनिक हुने सर्वसाधारणको आवतजावत, साना व्यापारीको कारोबार तथा ढुवानी गतिविधिसमेत प्रभावित भएका छन्। विशेषगरी दैनिक उपभोग्य वस्तुको खरिद–बिक्रीका लागि सीमा पार गर्ने स्थानीय सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। यद्यपि प्रदर्शनकारीहरूले एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई भने आवतजावत गर्न दिएका छन्।
प्रदर्शनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अवस्था थप तनावपूर्ण हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]