ज्ञानसेतु एजुकेशनद्वारा निःशुल्क शिक्षक लाइसेन्स तयारी तथा बीबीएस परीक्षा–उन्मुख कक्षा सञ्चालन।

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०८३

विराटनगर। विराटनगरस्थित ज्ञानसेतु एजुकेशनले विद्यार्थीहरूको शैक्षिक स्तर तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा तथा बीबीएस परीक्षा–उन्मुख कक्षा सञ्चालन गर्ने भएको छ।
संस्थाका अनुसार शिक्षक सेवा आयोगअन्तर्गत शिक्षक लाइसेन्स परीक्षाको तयारी गरिरहेका परीक्षार्थीहरूका लागि श्रावण १, २०८३ देखि निःशुल्क तयारी कक्षा सञ्चालन गरिनेछ। यसअघि असार २७, २०८३ मा अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम आयोजना गरिने जनाएको छ।
संस्थाले पहिलो चरणमा भर्ना हुने ४० जना विद्यार्थीलाई मात्र निःशुल्क कक्षामा सहभागी गराइने जानकारी दिँदै इच्छुक परीक्षार्थीहरूलाई समयमै नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्न आग्रह गरेको छ।
यसैबीच, ज्ञानसेतु एजुकेशनले असार १, २०८३ देखि सञ्चालन गर्दै आएको बीबीएस प्रथम वर्षको निःशुल्क परीक्षा–उन्मुख कक्षाबाट विराटनगरका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू लाभान्वित भएका छन्। परीक्षा केन्द्रित अध्यापन, अनुभवी प्रशिक्षकको मार्गदर्शन
ज्ञानसेतु एजुकेशनले शिक्षा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ विराटनगर तथा आसपासका विद्यार्थीहरूको शैक्षिक क्षमता, अध्ययन सीप र करियर विकासमा योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता विद्यार्थीमैत्री तथा गुणस्तरीय शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]