विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका चर्चित नेता राजेश कुमार गुप्ताले पार्टीको आगामी प्रदेश अधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
हाल नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष रहेका गुप्ताले आगामी पाँच वर्ष संगठन सुदृढीकरणमा काम गर्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने जानकारी विराट प्रेसलाई दिएका हुन्।
यसअघि प्रदेशसभा निर्वाचनमा पराजित भएका गुप्ताले अब पार्टी संगठनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। पार्टीको संगठन विस्तार, कार्यकर्ताको सक्रियता र संगठनलाई थप बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।
गुप्ताको उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेस कोशी प्रदेशको आगामी अधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
