जहदामा निःशुल्क आँखा शिविर, ७३ जनाको परीक्षण गर्दा ११ जनालाई शल्यक्रिया गर्नुपर्ने देखियो।

Logo
प्रकाशित बुधबार, मंसिर १०, २०८३

विराटनगर निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ। इफराह आई अस्पताल प्रा.लि. रानी, विराटनगर–१५ को प्राविधिक सहयोग तथा नेपाल आदर्श समाज संस्था जहदा–०३ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
‎नेपाल आदर्श समाज संस्थाको आयोजनामा २०८३ साल मंसिर ९ गते श्रीरामजानकी मन्दिर परिसरमा शिविर सञ्चालन गर्ने कार्यक्रम राखिएको थियो। शिविर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने जानकारी ब्यानरमा उल्लेख छ।
‎शिविरमा आँखाको परीक्षण गरिने तथा परीक्षणका क्रममा कुल ७३ जनाले परिक्षण गराएकन थिए भने ११लाई।शल्यक्रिया गर्नुपर्नेभएकाे छ। बिरामीलाई शल्यक्रियामा ५० प्रतिशत छुट उपलब्ध गराइने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
‎संस्थाका अध्यक्ष नारायणप्रसाद यादवको अगुवाइमा आयोजना गरिएको यस कार्यक्रमले स्थानीय सर्वसाधारणलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
‎

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]