विराटनगर कात्तिक १९ प्रदेश १ स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन प्रदेश स्तरीय गोष्ठी विराटनगरमा आजदेखि सुरु भएको हो ।प्रदेश १ सहित चार प्रदेशमा सुरक्षा बैठक भएको उनले बताए । गोष्ठीमा गृह सचिब विनोदप्रकाश सिंह, प्रदेश १ का निमिक्त प्रमुख सचिब किशोरकुमार चौधरी, नेपाली सेनाका बालाधिकृत विभागका रथी सरोजप्रताव राणा, नेपाल प्रहरीका महानिरीक्षक आइजिपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुस्न्धान निर्देशक हुतुराज थापा, नेपाली सेना, पूर्वी पृतनापति उपरथी सहदेव खड्का, प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिपक गिरी, प्रदेश १ का १४ वटा जिल्ला प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थीति रहेको छ ।गोष्ठी उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरे