सुर्योदय मिल्क एण्ड बेभरेज प्रा. लि. ले गर्‍यो ५ लाख ५५ हजार रुपैयाँ सहयोग

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०८३

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित सुर्योदय मिल्क एण्ड बेभरेज प्रा. लि. ले ५ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
‎कम्पनीका सञ्चालकहरू प्रेमकुमार राठी, अनुजकुमार यादव, बिनोद राठी र गुरुप्रसाद अधिकारीले संयुक्त रूपमा उक्त रकम बराबरको चेक बिहीवार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई हस्तान्तरण गरेका हुन्।
‎सो अवसरमा प्रमुख जिल्ला अधिकारी कट्टेलले सुर्योदय परिवारलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको सहयोग रकम नेपाल सरकारमार्फत बाढी प्रभावित क्षेत्रका पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा उपयोग गरिने बताउनुभयो।
‎विनाशकारी प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोरेका रसुवा, नुवाकोट र धादिङका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम हस्तान्तरण गरिएको सञ्चालक राठीले बताउनुभयो। उहाँले विपद्को कठिन घडीमा निजी क्षेत्र, संघसंस्था तथा सम्पूर्ण नागरिक एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
‎सुर्योदय मिल्क एण्ड बेभरेज प्रा. लि. ले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ। परम ब्राण्डका घ्यु, पनिरलगायत दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन जापानसमेत निर्यात गर्दै आएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]