
विराटनगर ।जनता समाजवादी पार्टी निकट युवक संगठन समाजवादी यूवा संघ मोरङको अध्यक्षमा शुशिल यादव निर्वाचित हुनु भएको छ । शनिबार विराटनगरमा सम्पन्न भेलाले यादवको अध्यक्षतामा ८१ सदस्यीय समिति निर्वाचित गरेको हो ।
समाजवादी यूवा संघको उपाध्यक्षमा देवेन्द्र प्रसाद यादव, सचिवमा इन्द्रेश राई, सहसचिवमा नविन मण्डल र कोषाध्यक्षमा शशी राई निर्वाचित हुनुभएको नवनिर्वाचित उपाध्यक्ष देवन्द्र यादवले जानकारी दिनुभयो ।
जिल्ला भेलामा जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादव, समाजवादी यूवा संघ केन्द्रीय अध्यक्ष तथा प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, केन्द्रीय सदस्य सञ्जय सिंह, सुरेशसिंह गनगाई, मृत्युन्जय झा, भोगेन्द्र यादव, प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ, प्रदेश उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, कार्यकारिणी सदस्य दिनेश साह, पुर्व अध्यक्ष उमेश यादव, विराटनगर महानगर अध्यक्ष अमरेन्द्र यादव समाजवादी महिला संघ की अध्यक्ष सदिना खातुन समाजवादी टेडयुनियन प्रदेश अध्यक्ष माे नसरूल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम कार्यकारिणी सदस्य दिनेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।