विराटनगरलाई स्वच्छ र सुन्दर बनाउन उपप्रमुख कार्कीको नेतृत्वमा सरसफाइ अभियान जारी

Logo
प्रकाशित शनिबार, आश्विन २४, २०८३

विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा विराटनगर–धरान सडकखण्डमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।
महानगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले प्रत्येक शनिबार बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुँदै आएको अभियानअन्तर्गत दोस्रो हप्ता शनिबार सरसफाइ गरिएको हो।
महानगरपालिकाको अगुवाइमा सञ्चालित अभियानमा महानगरपालिकाका कर्मचारीसहित सरसफाइ क्षेत्रमा कार्यरत फुलबारी नेपाल, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल, सगरमाथा मल्टी सर्भिस, गो ग्रीन विराटनगरलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
अभियानअन्तर्गत सडक तथा सार्वजनिक स्थलको सरसफाइ गर्नुका साथै वातावरण संरक्षण र नागरिकमा सरसफाइप्रतिको जिम्मेवारीबोध बढाउने लक्ष्य राखिएको महानगरपालिकाले जनाएको छ।
उपप्रमुख कार्कीले अभियानलाई प्रत्येक शनिबार निरन्तरता दिइने बताउँदै विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित सहर बनाउन सबै नगरवासीलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]