विराटनगर । सरस्वती पूजाको अवसरमा बिराटनगर १६स्थित दरैयामा समाजसेवी तथा समाजवादी ट्रेड युनियन महासंघका प्रदेश सचिव विकाश मण्डलले न्यानो लुगा तथा मास्क वितरण गरेका छन् । समाजसेवी अभियन्ता युवा नेता विकाश मण्डल र ईन्द्रेणी कला प्रतिष्ठान को संयुक्त आयोजनमा दरैया को गायक चौकमा आज १ सय ५० थान न्यानो कपडा तथा पाँच सय थान मास्क वितरण गरेका हुन। कार्यक्रममा प्रमुख अतिथि जसपा का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य जोगीलाल यादव, विशिष्ट अतिथि वडा न १६ का अध्यक्ष मनोज सुब्बा र जसपा का नगर उपाध्यक्ष एवं समाजवादी ट्रेड युनियन महासंघ १ नं प्रदेश अध्यक्ष मो. नसरुल लगायतका अतिथीहरु काे उपस्थिति रहेका थिए वडा न १६का वडा सदस्य अशोक मण्डल, ट्रेड युनियन प्रदेश सदस्य सत्यनारायण यादव सहित संजीव मण्डल, अमित चौधरी, मदन तत्मा लगायत सयौं स्थानीय भद्रभलादमी र वुद्विजिविहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कोरोनाको महामारीलाई मध्यनजर गर्दै चौकमा हिंडडुल गर्ने सर्वसाधारणहरुलाई पाँच सय थान मास्क वितरण गरीएको कार्यक्रम का अध्यक्ष तथा ईन्द्रेणी कला प्रतिष्ठान का अध्यक्ष नेपालका बहुचर्चित गायक रामा मण्डलले जनाए ।