विराटनगर महानगरपालिकाकाे बजेट ३ अर्ब ६२ कराेड ५५ लाख ६७

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

विराटनगर महानगरपालिकाकाे बजेट ३ अर्ब ६२ कराेड ५५ लाख ६७ महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० काे लागि ३ अर्ब ६२ कराेड ५५ लाख ६७ हजारकाे बजेट प्रस्तुत गरेको छ ।

 

उक्त बजेट मध्ये कार्यालय संचालन तथा प्रशासनिक खर्च रू. ५५ कराेड ३५ लाख ५० हजार, पुर्वाधार विकास क्षेत्र तर्फ १ अर्ब ८९ कराेड ७१ लाख १७ हजार, आर्थिक विकास तर्फ २७ कराेड ७३ लाख, समाजिक विकास तर्फ ७८ कराेड ३९ लाख, सुशासन तथा अन्तर सम्वन्धित तर्फ ७ कराेड ७७ लाख र वातावरण क्षेत्र तर्फ ३ कराेड ६० लाख खर्च हुने अनुमान गरिएकाे हो।महानगरपालिकाकाे नगर सभाकाे दशाै महाधिवेशनमा महानगर प्रमुख नागेश काेइरालाकाे अनुमतिले उपप्रमुख शिल्पा निराला कार्कीले उत बजेट प्रस्तुत गरेकाे हाे ।

आर्थिक वर्ष २०७९/०८० काे मुख्य आयोजनाहरूमा वडा स्तरीय आयाेजनामा ४१ कराेड ६८ लाख १७ हजार,  रहेको छ।भने नगर स्तरीय आयोजनाका लागि ३० कराेड, बहुवर्षिय तथा गाैरवका आयोजनाका लागि २९ कराेड, क्रमागत याेजनाकाे भुक्तानीका लागि ४० कराेड मर्मत सम्भारका लागि १८ कराेड, अन्य पुर्वाधार तर्फ ९ कराेड ८० लाख फाेहरपानी प्रशाेधन केन्द्रकाे लागि २ कराेड ५० लाख, सम्पुरककाेषकाे लागि ४ कराेड ८० लाख विनियोजन गरेकाे हो ।

 

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]