विराटनगर ।असाेज १२गते जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । कार्कीले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हाे। ।खस समावेशी राष्ट्रिय पार्टीका तत्कालीन अध्यक्ष कार्कीले १० वर्ष अगाडि जसपामा समाहित गरेका थिए ।भने जसपाले कार्कीको नाम मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर मोरङ क्षेत्र २ कांग्रेसको भागमा पर्ने निश्चित भएपछि उनले पार्टी परित्याग घोषणा गरेका छन् ।उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेकाेअायाेजित पत्रकार सम्मेलनमा घाेषाण।गरेको हाे।