गठवन्धनएमाले) र जनता समाजवादी पार्टी (जसपाघरदैलोमा पुगी भोट माग्दै

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

  1. विराटनगर, कार्तिक १६ गते । मोरंग निर्वाचन क्षेत्र नं. ५ बाट गठवन्धन गरी उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरु संगसंगै मतदाताको घरदैलोमा पुगी भोट माग्दै ठूलावडाहरु संग आर्शिवाद लिदै चुनावी अभियानलाई तिव्रता दिएका छन् ।मोरंग क्षेत्र नं. ५ बाट जितेर गएका जनप्रतिनिधीहरुले यस क्षेत्रको विकास र उन्नती गर्न नचाहेर पछाडि पारिएको क्षेत्र हो । घरदैलो अभियानको अन्तिम दिन मोरंग क्षेत्र नं. ५ प्रतिनिधी सभा सदस्यको लागि उम्मेदवारी दिएका जनता समाज वादी पार्टी नेपालको राजकुमार यादव र नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का तर्फवाट क्षेत्र नं. ५(१) वाट उम्मेदवारी दिएका संतोष कुमार साह संयुक्त रुपमा रंगेली नगरपालिका वडा नं. ४, ५, ६ र ७ घरदैलोमा पुगेर मतदाताहरुसंग आफूहरुलाई मतदात गरी बहुमतले विजय गराउन आग्रह गरेका छन् ।त्यसलाई सदुपयोग गर्न सके क्षेत्र नं. ५ स्वर्ग वन्न सक्छ तर पनि कुनै नेताले त्यस्तो गरेन तर तपाईहरु हाम्रो गठवन्धनको उम्मेदवारहरुलाई मतदान गरी अत्याधिक मतले विजय गराउन आग्रह गर्दै आफूहरु विजय भएमा यस क्षेत्रमा विकास र समृद्धिको लहर ल्याउने दुवै उम्मेदवारले प्रतिवद्धता जनाउदे अाएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]