विराटनगर मंसिर ४गते मोरङका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरिरहेका छन्। क्षेत्र नम्बर ५ का जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार राजकुमार यादवले विराटनगर १३ को बाल मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। जसपा जिल्ला अध्यक्ष राज कुमार यादवले विहान ८बजे मतदानगरेकाे छ। विहान ७:३० वजे एमाले स्थायी कमिटी सदस्य तथा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डित विराटनगर १२ मा रहेको महेन्द्र बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका हुन्।नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले आदर्श मावि मतदान केन्द्रबाट बिहान साढे ७ बजे मतदान गरेका हुन्।प्रदेशसभा तर्फ मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगर १० को संसारीमाईस्थान मतदान केन्द्रबाट मतदान गरेका छन्। ५ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्यालले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन्। मोरङ ६ (ख) का एमाले उम्मेदवार पर्शुराम बस्नेतले विराटनगर ११ को जनपथ मावि मतदान केन्द्रबाट र एमाले ६ (क) की उम्मेदवार रिता न्यौपानेले बुढीगंगा २ को लीलाभक्ता आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी छन्। मोरङका अन्य प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारहरूले मतदान गर्ने क्रम जारी छ।