होमियोपैथिक अस्पताल निर्माण गर्नु आवश्यक

Logo
प्रकाशित मंगलबार, चैत्र २८, २०७९

विराटनगर,२७ चैत । होमियोपैथिक र आयुर्वेदलाई समेटेर जनताको स्वास्थ्य उपचार सेवामा लाग्नु पर्ने विचार व्यक्त्त गरिएको छ ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र नेपाल होमियोपैथिक चिकित्सक सङ्घ केन्द्रीय समितिद्वारा विश्व होमियोपैथिक दिवस–२०७९ को उपलक्ष्यम आयोजित कार्यक्रममा सहभागीहरुले स्वास्थ्य मन्त्रालयमा होमियोपैथिक डेक्स स्थापनाका लागि ध्यानाकर्षण गराएकाे हाे।
होमियोपैथिक दिवसका अवसरमा स्वास्थ्य मन्त्री निर्मला तावा लिम्वुले होमियोपैथिकबाट नागरिकलाई वढी भन्दा वढी सेवा उपलव्ध गराउन हामीहरु गम्भिर हुनु जरुरी रहेको विचर व्यक्त गर्नु भयाे ।सङ्घका केन्द्रीय अध्यक्ष डा रविन्द्रकुमार राय,सागर प्रसाई, प्रदेशमा ५० शैय्याको होमियोचिकित्सा अस्पताल निर्माण गर्नका लागि आग्रह गर्नुभएकाे छ।

प्रदेशमा जिल्ला आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्र जामुनगाछी विराटनगर, मदन भण्डारी ट्रमा सेन्टर मंगलवारे मोरङ र मेचि प्रादेशिक अस्पताल झापामा चिकित्सक र सहायक चिकित्सक गरी ६ जना कार्यरत रहेका छन् ।साे अवसरमा होमियोपैथिक दिवसमा पुर्‍याउनुभएकाे याेगदान काे सहभागिहरूले जानकारी गराएका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]