विराटनगर बैशाख ३गते कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा आइतबार भएको विशेष समारोहमा विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको बताउनुभयो । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको चर्चा गर्नुभयो ।
विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ। १७ हजार ५०२ बालबालिकाहरुमध्ये १ हजार ५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। यस कार्यक्रम का विशिष्ट अतिथि तथा प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले विराटनगर महानगरपालिका काे पूर्ण खाेप सुनिश्चितता घाेषणा समाराेहमा वाेल्दै मन्त्री लिम्बूले सफलताकाे लागि महत्त्वपूर्ण याेगदान पुर्याउने महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्यकर्मी तथा सराेकारवाला निकायलाई धन्यवाद दिएका थिए। पुर्ण खाेप सुनिश्चितता कार्यक्रम दिगाेपन हुनुपर्नेमा जाेड दिनु भयो। महिला स्वास्थ्य स्वयं सेविकाहरूकाे सेवा सुविधा काे विषयमा मुख्य मन्त्री हिक्मत कार्कीलाई अनुराेध गर्नुभयो। मेयर नागेश काेईरालाले सबैकाे साथ र सहयाेले पूर्ण खोप सुनिश्चितता भएको पालिका घाेषणा गर्न सफलभएकाे वताए। संघिय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, लगायतका व्यक्तिहरूकाे उपस्थित रहेका थिए। बच्चा जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई लगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला,र उपमेयर शिल्ला निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गरे थिए।
कार्यक्रममा १९ वटै वडाका वडाध्यक्षहरुलाई प्रमुख कोइराला र उपप्रमुख कार्कीले पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।