जसपा नेपालको अध्यक्षमा भने उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । बुधबार उम्मेदवारीका लागि तोकिएको समयमा अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएकाे छ । तर अध्यक्षबाहेकका पदमा भने नेताहरुबीच प्रतिस्पर्धा हुने भएकाे छ । जसपा नेपालमा २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुने छ। जनता समाजवादी पार्टी नेपालको एकताको राष्ट्रिय महाधिवेशन तीन दिनदेखि जनकपुरधाममा चलिरहेको छ ।