

बुढीगंगा (मोरङ), टंकीसिनवारी जेसीजले भविष्यका सक्षम नेतृत्व उत्पादन तथा व्यक्तित्व विकासका लागि ऐतिहासिक यात्रा सुरु गर्दै “भीम-अजिता वक्ता च्याम्पियनशिप प्रतियोगिता” आयोजना गर्ने भएको छ।
जेसीजका अध्यक्ष अनिश भट्टराईले नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत टंकीसिनवारी जेसीजले स्थायित्व, संस्थागत दीर्घकालीनता तथा नेतृत्व सशक्तिकरणलाई केन्द्रमा राखेर आगामी भदौ २७ गते राष्ट्रियस्तरीय वक्तृत्व प्रतियोगिता गर्न लागेको जानकारी दिए।
उनका अनुसार नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व र अभिव्यक्तिको माध्यमबाट युवालाई सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। कार्यक्रममा उनले भने, “नेतृत्व निर्माण गर्नु, टंकीसिनवारी जेसीजको ब्रान्डिङ गर्दै भविष्यका युवा नेतृत्वलाई अवसर दिनु प्रतियोगिताको मूल लक्ष्य हो।”
नेपालभरिका १८४ जेसीज शाखाका प्रतिनिधिहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिता खुला सहभागितामूलक हुनेछ। राष्ट्रियस्तरका उत्कृष्ट वक्ताहरूलाई एउटै मंचमा उतार्ने लक्ष्य प्रतियोगिताले लिएको छ।
विजेताहरूलाई आकर्षक नगद प्रतियोगितामा सहभागी हुन इच्छुकले रु. १,५०० दर्ता शुल्क बुझाउनु पर्नेछ।
प्रथम स्थान: रू. ३०,०००द्वितीय स्थान: रू. १५,०००तृतीय स्थान: रू. १०,००० यस प्रतियोगितालाई दीर्घकालीन बनाउँदै प्रत्येक वर्ष आयोजना गर्न टंकीसिनवारी जेसीजका पिता भीम घिमिरेले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न प्रतिबद्धता जनाउँदै सम्झौतामा हस्ताक्षरसमेत गरेका छन्।
प्रतियोगिता मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीमा आयोजना गरिने जनाइएको छ।