 
   
विराटनगर । ‘Developing Leaders for a Changing World’ भन्ने मूल नाराका साथ विराटनगर जेसीजले यस वर्ष पनि सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्ने भएको छ। नोभेम्बर २ देखि ७ (कात्तिक १६–२१) सम्म चल्ने एक साताअन्तर्गत विराटनगरका विभिन्न स्थानमा अर्थपूर्ण तथा प्रभावकारी गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।
उक्त अभियानको शुभारम्भ नोभेम्बर २ (आइतबार) बिहान ७:३० बजे JNL Futsal, विराटनगरमा ‘उद्घाटन समारोह एवं मैत्रीपूर्ण फुटसल प्रतियोगिता’बाट हुनेछ। उद्घाटन कार्यक्रमको संयोजन जेसी सनराइज चौधरीले गर्नेछन्।
कार्यक्रम विवरण नोभेम्बर ३ (सोमबार)
जेसीज बाल सदन माध्यमिक विद्यालयमा दन्त परीक्षण कार्यक्रम
संयोजक – जेसी बिनु बान्तवा राई
बाल सुधार गृह, विराटनगरमा मायाको कोसेली वितरणसंयोजक जेसी पंकज मेहता नोभेम्बर ४ (मंगलबार)
बिराट बहिरा माध्यमिक विद्यालयमा ‘ART Beyond Word’ कला कार्यक्रम संयोजक जेसी आकृति फुयाल नोभेम्बर ५ बुधबारनोबेल अस्पताल क्षेत्रमा सडक सुरक्षा जनचेतना कार्यक्रम तथा रिफ्लेक्स लाइट वितरण
संयोजक – जेसी बिशाल राजवंशी नोभेम्बर ६ बिहीबार विराटनगर जेसीज सचिवालयमा कौसी खेती तालिम कार्यक्रम संयोजक – जेसी रोशनी प्रधान सप्ताहको समापन कार्यक्रम नोभेम्बर ७ (शुक्रबार) होटल स्वागतम, विराटनगरमा हुनेछ। सो अवसरमा समाजमा सकारात्मक भूमिका निर्वाह गर्ने दुई युवालाई सम्मान गरिने आयोजन समितिले जनाएको छ। समापन कार्यक्रमको संयोजन जेसी आर.के. मण्डलले गर्नेछन्।
विराटनगर जेसीजका अध्यक्ष जेसी प्रीतेशराज दाहालले जेसीज वीक युवामा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सेवा भावनाको विकासमा केन्द्रित रहेको बताए।
उनले भने, “हामीले समाजमा सकारात्मक परिवर्तन ल्याउने साना तर परिणाममुखी काम गर्दै आएका छौँ, यस वर्षको जेसीज वीक पनि त्यसैको निरन्तरता हो।”
मुख्य कार्यक्रम संयोजक तथा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष जेसी कविराज दाहालका अनुसार सबै कार्यक्रम तयारीपूर्वक सञ्चालन हुनेछन्।
उनका शब्दमा, “एक साताभरि विभिन्न क्षेत्र केन्द्रित गतिविधि हुने भएकाेछ
