विराटनगर। नेपाल यादव सेवा समिति मोरङद्वारा आयोजित वनभोज कार्यक्रम सुनसरीको वर्जुतालमा सम्पन्न भएको छ।
समितिका अध्यक्ष महेश्वर यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका सदस्यहरू, अगुवाहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम आपसी सद्भाव, एकता र भाईचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले जनाएका छन्।
उक्त कार्यक्रममा नेपाल यादव सेवा समिति विभिन्न तहतपकाका समतिहरू र यादव समुदायको उल्लेखनीय सहभागीता रहेका थिए।
