नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न।

Logo
प्रकाशित बिहिबार, माघ ३०, २०८२

विराटनगर । प्रहरी र नागरिकबीच सिधा संवाद स्थापित गर्ने उद्देश्यले आयोजित नागरिक सुनुवाइ कार्यक्रम २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

ईलाका प्रहरी कार्यालय रानी, विराटनगरको आयोजनामा विराटनगर महानगरपालिका वडा नं. १४ को सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडालले सहभागीहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको विस्तृत जवाफ दिनुभएको थियो। साथै, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक कविन राईले उठेका समस्याहरूको समाधानका उपायबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा स्थानीय सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षा लगायत विषयमा खुला छलफल भएको थियो। सहभागीहरूले समुदायमा बढ्दो लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना न्यूनीकरण तथा शान्ति–सुरक्षा सुदृढीकरणका विषयमा सुझाव राखेका थिए।
नागरिक र प्रहरीबीचको समन्वय अझ सुदृढ बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा वडा न १४काे वडा अध्यक्ष सुर्य नारायण महताे जनप्रतिनिधि, आम नागरिक, समाजसेवी तथा समुदायका प्रभावशाली व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]