बालबालिकामा संस्कार, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यसहित मोरङमा बालसंस्कार केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ। उक्त अभियानलाई आर्थिक रूपमा सुदृढ बनाउन ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद् नेपाल सँगको सहकार्यमा ‘भजन क्लब्बिङ कन्सर्ट’ आयोजना गर्ने भएको हो।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै ह्यासट्याग इभेन्टका सचिव नितेशकुमारले कन्सर्टबाट करिब १७ लाख रुपैयाँ आम्दानी हुने तथा १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।
ह्यासट्याग इभेन्टका अध्यक्ष कौशल अग्रवालका अनुसार कार्यक्रमबाट बचत हुने ५ लाख रुपैयाँ कोषमा जम्मा गरी बालसंस्कार केन्द्र सञ्चालनमा लगानी गरिनेछ।
पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषद् नेपाल का सल्लाहकार नवलप्रसाद उपाध्याय र अरविन्द ठाकुरको उपस्थिति रहेको थियो।
त्यसैगरी ह्यासट्याग इभेन्टका सदस्यहरू कुनाल अग्रवाल, मन्नु रौनियार, विजय साह, सन्दीप साह, आलोक साह, सुमन साह तथा नितिन जयसवाल पनि पत्रकार सम्मेलनमा सहभागी थिए।
