देवानगञ्ज घटनाका मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार राहत

Logo
प्रकाशित बुधबार, साउन १३, २०८३

कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख घाइतेलाई ५० हजारका दरले राहत दिने घोषणा गरेका छन् ।
त्यसैगरी घर, पसल साथै अन्य आगजानी भएका परिवारलाई ५० हजारका दरले राहत दिने भएकाेछ
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आयोजना गरेका सर्वदलीय बैठकमा सरकारले राहतको घोषणा गरेको गरेको हो।
देवानगंज गाउँपालिका–३ स्थित कप्तानगंजमा साउन १० गते आइतबार राति करिब ९ः३० बजे दुई समुदायबीच भड्किएको हिंसापछि चलेको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको छ।
घटनामा १८ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घटनामा गोली कसले चलाएको भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
राज्य पक्षले गोली नचलाएको दाबी गर्दै आएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारको गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान गरिरहेको छ।
घटनापछि पीडित परिवारलाई कोशी प्रदेश सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
घटनाको अवस्थाबारे छलफल तथा समाधानका लागि आयोजित सर्वपक्षीय बैठकमा समाजिक विकासमन्त्री रामप्रसाद मेहता, उद्योग, कृषि तथा सहकारीमन्त्री मो. इस्राइल मन्सुली, राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका सभापति चन्द्र राई, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा र नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडालगायत सहभागी थिए।
बैठकमा मोरङ र सुनसरीका उच्चपदस्थ सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। बैठकमा घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा राख्ने, शान्ति–सुरक्षा कायम गर्ने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्नुपर्ने विषयमा छलफल भएको थियो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]