

१८ वर्षपछि खानेपानी ट्याङ्कीको उद्घाटन।
विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा निर्माण कार्य सम्पन्न भएको १८ वर्षपछि खानेपानी ट्याङ्कीको मंगलबार उद्घाटन गरिएको छ। संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उक्त ट्याङ्कीको उद्घाटन गर्नु भएको हो।
लक्ष्मी नारायण मन्दिर समितिले परिसरभित्र १ कठठाक्षेत्रफलमा रहेको जग्गा खानेपानी ट्याङ्की निर्माण काे लागि उपलब्ध गराएकाे साे समितिले जनाएकाे छ। २०६५ सालमा झन्डै साढे ४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त ट्याङ्की लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन। उद्घाटन पश्चात मन्दिर व्यवस्थापन समितिले ट्याङ्कीलाई संघीय सरकार अन्तर्गतको खानेपानी कार्यालय, विराटनगरलाई हस्तान्तरण गरेको छ।
१८ वर्षसम्म प्रयोगविहीन अवस्थामा रहँदा ट्याङ्की जीर्ण भइसकेको र तत्काल मर्मतसम्भार बिना प्रयोग गर्न नसकिने जनाइएको छ। ट्याङ्की सञ्चालन गर्न मर्मत कार्य आवश्यक रहेको खानेपानी कार्यालयका अधिकारीहरूले बताएका छन्।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, प्रदेश सभासद अमृत अर्याल, पूर्व स्वास्थ्य मन्त्री जयराम यादव, प्रदेश सभासद गीता रानी महतोलगायतले मन्तव्य व्यक्त गरेक थिए।