दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०८२

मोरङको पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” आयोजना हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन हरियाली सामुदायिक वनको सभाहलमा मंगलबार पत्रकार सम्मेलन सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गोल्डकपले पथरी शनिश्चरे नगरको खेलकुद पहिचान बलियो बनाउँदै गौरव बढाउने विश्वास व्यक्त गरे। प्रतियोगिता सफल बनाउन नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो।

आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार उद्घाटन खेल सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच हुनेछ। उनले काठमाडौं ए–डिभिजन लिगका तीन क्लबसहित स्थानीय टोलीहरूको समेत सहभागिता रहने जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ नगद र ट्रफी पाउनेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ छनोट गरी विधागत पुरस्कार वितरण गरिने आयोजकले बताएको छ।

दोस्रो खेलमा इन्ट्रा पथरी–११ फुटबल क्लब र ब्रिगेड बोइज क्लब (ललितपुर) भिड्नेछन्। त्यसपछि कार्तिक १७ गते संकटा क्लब र पाँचथर फुटबल क्लब तथा कार्तिक १८ गते एनआरटी क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका संयोजक दीपक राई, एन्फा मोरङका सञ्जीव बुढाथोकी, टिम कोच अर्जुन बस्नेत, सचिव केशर थुलुङ राईसहित क्लबका पदाधिकारीहरूको उपस्थिति थियोl

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]