जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले आइतबार सिडियो कार्यालय मोरङमा २८ बुँदे मागसहित धर्ना दिएको छ। पार्टीले स्थानीय तहलाई प्रदेश मातहत राख्ने व्यवस्था खारेज गर्नेसहित संविधान तथा संरचनासम्बन्धी विभिन्न माग राख्दै दिउँसो १२ बजेदेखि २ बजेसम्म धर्ना कार्यक्रम सञ्चालन गरेको हो।
जसपाले राखेका प्रमुख मागहरूमा स्थानीय तहलाई प्रदेश मातहत राख्ने प्रावधान खारेज जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्थाहुनुपर्ने माग सहित जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था पूर्ण समानुपातिक निर्वाचन प्रणाली
प्रादेशिक जनसंख्या अनुरूप राष्ट्रिय सभामा प्रतिनिधित्वको सुनिश्चितता आदि समावेश गरेका छन्र ।
धर्ना कार्यक्रम जसपा नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव रेखा यादव, केन्द्रीय सदस्य सदिना खातुन, सुरेशकुमार सिंह मण्डल, कुन्ता राई, मोरङ उपाध्यक्ष मन्तलाल यादव तथा मो. हकमुदिन, सचिव हरिनारायण साह, कोषाध्यक्ष विनिता सिंह, समाजवादी युवा संघ मोरङका अध्यक्ष सुशिल यादव सहित नेताकार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।
