विराटनगरमा शनिबारदेखि दुई दिने फोटो एण्ड भिडियो एक्स्पो

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०८३

‎विराटनगर — विराटनगरमा शनिबारदेखि दुई दिने फोटो एण्ड भिडियो एक्स्पो आयोजना हुने भएको छ। फोटो ग्राफर संघ मोरङको आयोजनामा हुने एक्स्पो आइतबार सम्पन्न हुनेछ।
‎विराटनगर बसपार्कको उत्तरतर्फ रहेको आर.के. पार्टी प्यालेसमा एक्स्पो आयोजना गर्न लागिएको हो।
‎फोटो ग्राफर संघ मोरङका अध्यक्ष पुरन राईका अनुसार फोटो तथा भिडियो क्षेत्रमा प्रयोग भइरहेका आधुनिक प्रविधि, उपकरण र सेवाबारे सहभागी तथा अवलोकनकर्तालाई जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो।
‎एक्स्पोमा नयाँ प्रविधि, क्यामेरा, लेन्स, लाइटिङ तथा भिडियोसम्बन्धी विभिन्न उपकरणबारे जानकारी प्रदान गरिने अध्यक्ष राईले बताए।
‎फोटो एण्ड भिडियो एक्स्पोका संयोजक एकराज श्रेष्ठले एक्स्पो सम्पन्न गर्न करिब १५ देखि १६ लाख रुपैयाँ खर्च हुने जानकारी दिए।
‎विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले शनिबार एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
‎एक्स्पो बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। एक्स्पो अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]