विराटनगर । अग्रगामी मोर्चा प्रदेश समितिको आयोजनामा विराटनगरमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायको अधिकार र समान अवसरको विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ।
अध्यक्ष यादवले उत्पीडनमा परेका समुदायलाई सदाका लागि उत्पीडनबाट मुक्त गराउनु र सबैलाई समान अवसर सुनिश्चित गर्नु आफ्नो पार्टीको महत्वपूर्ण माग तथा मुद्दा रहेको बताउनुभयो।
उहाँले समाजमा विद्यमान विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै सबै समुदायलाई समान अधिकार, सम्मान र अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा मोर्चाका नेताहरू जनार्दन शर्मा, प्रभु साहलगायतका वक्ताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।
जसपा नेपाल १ नम्बर प्रदेश समितिका अध्यक्ष दीपक याख्खाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
